• शनिबार-बैशाख-१३-२०८२

पहलगाम आतङ्ककारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन, पाकिस्तानी दूतावासअगाडि नाराबाजी

काठमाडौं, वैशाख १२ – भारतको जम्मु कश्मीर राज्यको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोधमा आज काठमाडौंको चुनदेवीस्थित पाकिस्तानी दूतावासअगाडि नागरिक युवा समूहले विरोध प्रदर्शन गरेका छन्। घटनामा २६ जना निर्दोष सर्वसाधारणको ज्यान गएपछि नेपाललगायत विभिन्न देशका नागरिकले त्यसको कडा भर्त्सना गरेका छन्।

प्रदर्शनकारीहरूले आतङ्कवादविरुद्ध तीव्र आक्रोश व्यक्त गर्दै 'आतङ्कवाद मुर्दावाद', 'मानवताकाे रक्षा गर', 'आतङ्ककारीलाई कारवाही गर' लगायतका नाराहरू लगाएका थिए। प्रदर्शनमा सहभागी युवा समूहले घटनालाई केवल भारतको नभई सम्पूर्ण मानव सभ्यतामाथिको आक्रमणको रूपमा व्याख्या गरेका थिए।

प्रदर्शनमा 'हिन्दुकाे हत्या बन्द गर', 'मुस्लिम आयोग खारेज गर', 'पाकिस्तान एम्बेसी मुर्दावाद', 'हिन्दु मार्न पाइँदैन', 'मुस्लिम आयोग मुर्दावाद' जस्ता विवादास्पद नारा पनि लगाइएको देखिन्थ्यो, जसले प्रदर्शनलाई भावनात्मक र आक्रोशपूर्ण बनाएको थियो।

 

विरोध कार्यक्रमका एक संयोजकले भने, “हामी शान्तिका पक्षमा छौं तर निर्दोष मानिसहरू मारिएका घटनाको चुप लागेर बस्न सकिँदैन। आतङ्ककारीलाई कुनै धर्मले समर्थन गर्दैन। यसप्रकारका घटनाले सम्पूर्ण मानव जातिलाई लज्जित बनाएको छ।”

 

प्रदर्शनमा करिब सयाैं नागरिकको उपस्थिति रहेको थियो भने सुरक्षाका लागि नेपाली प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो। केही समयको नाराबाजी र प्लेकार्ड प्रदर्शनपछि कार्यक्रम शान्तिपूर्णरूपमा सम्पन्न भएको हो।

 

घटनाको विवरण


भारतको जम्मु कश्मीर राज्यको पहलगाममा २०८२ वैशाख १० गते भएको आतङ्ककारी हमलामा नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकहरूको मृत्यु भएको थियाे । घटनामा २६ जनाको ज्यान गएको र थुप्रै घाइते भएका छन् । यस घटनाले सम्पूर्ण क्षेत्रीय सुरक्षा र मानव अधिकारको विषयमा गम्भीर प्रश्न उठाएको छ।

 

विरोध प्रदर्शन


नेपालका नागरिक युवा समूहले आज चुनदेवीस्थित पाकिस्तानी दूतावासअगाडि विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले 'आतङ्कवाद मुर्दावाद', 'मानवताकाे रक्षा गर', 'हिन्दुकाे हत्या बन्द गर', 'मुस्लिम आयोग खारेज गर', 'पाकिस्तान एम्बेसी मुर्दावाद' जस्ता नारा लगाएका छन्। 

प्रतिकृया दिनुहोस