भरतपुर, १४ बैशाख । भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ ।
भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् । ‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन् ।
आजै ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’ शुभारम्भ कार्यक्रम भरतपुर–१७ गुंजनगर स्वास्थ्य केन्द्रबाट उनले सुरूवात गरेकी हुन् ।
प्रतिकृया दिनुहोस