• सोमबार-बैशाख-१५-२०८२

हतकडीसहित एक महिला अभियुक्त फरार

 

सुदूरपश्चिम,१४ वैशाख । मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार हुनुभएको छ ।  

 

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उहाँ हतकडीसहित फरार हुनुभएको हो । 

 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्याएको बेला शाही फरार भएकी बताउनुभयो । 

 

निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो । 
---
 

 

प्रतिकृया दिनुहोस