काठमाडौं, १४ बैशाख । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ ।
बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।
“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्’ उनले सञ्चारकर्मीसँग भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ । सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ः०० बजेदेखि नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन् ।
प्रतिकृया दिनुहोस