मिर्गाैलाले शरीरबाट विकारयुक्त पदार्थ निकाल्ने काम गर्दछ । मिर्गौलाले राम्रोसँग काम गर्न नसकेमा अनेकौं गम्भीर रोगहरु लाग्ने जोखिम बढ्छ । स्वस्थ रहनका लागि मिर्गाैला स्वस्थ हुन आवश्यक छ ।
–गलत खानपान र खराब जीवनशैलीका कारण मिर्गाैला खराब हुने जोखिम हुन्छ । समयमा लक्षण पहिचान गरेर मिर्गाैला खराब हुनबाट बच्नुपर्दछ ।
–मिर्गाैला खराब भएमा भोक नलाग्ने हुनसक्छ । पेट भरिएको जस्तो महसुस हुने र उल्टी पनि हुनसक्ने हुन्छ । मिर्गौैला खराब भएमा तौल छिटो घट्छ ।
–बारम्बार पिसाब लाग्ने भएमा मिर्गाैला खराब भएको हुनसक्छ । पिसाब पोल्ने वा रगत देखापर्ने लक्षण पनि गम्भीर संकेत हुनसक्छ ।
–मिर्गाैला खराब भएमा शरीरमा खटिरा, डाबरहरु देखापर्ने, अनुहार सुन्निने जस्तो समस्या हुनसक्छ । यस्ता खटिराहरुमा विकार र सोडियम जम्मा भएको हुनसक्छ ।
–थकान महसुस हुने मिर्गौैला खराब भएको संकेत हुनसक्छ । विकार जम्मा भएर शरीरमा थकान महसुस हुनसक्छ ।
–छाला चिलाउने र सुक्खापन हुने पनि यसको संकेत हुनसक्छ । रगतमा विकार जम्मा भएर छाला खराब हुने हुन्छ ।
त्यसैले, मिर्गाैलाको समस्या सुरुवाती चरणमै पहिचान गर्न सकेमा यसको गम्भीर समस्याबाट बच्न सकिन्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १५)
प्रतिकृया दिनुहोस