• बुधबार-जेठ-७-२०८२

घरेलु मैदानमा दिल्लीलाई हराउँदै कोलकाता १४ रनले बिजयी

 

नयाँदिल्ली, १७ बैशाख । आईपीएलको ४८औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले दिल्ली क्यापिटल्स (डीसी) लाई १४ रनले पराजित गरेको छ ।

 

दिल्लीको अरुण जेटली स्टेडियममा टोलीले ८ वर्षपछि जित हात पारेको हो । उसको अन्तिम जित २०१७ को सिजनमा थियो । मंगलबार दिल्लीले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो । 

 

यो सँगै कोलकाताले २८ औं पटक २०० प्लस बनाउन सफल भएको छ । २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। फाफ डु प्लेसिसले ६२, अक्षर पटेलले ४३ र विपराज निगमले ३८ रन बनाउन सफल भएका । 

 

खेलको प्लेयर अफ द म्याच केकेआरका सुनिल नारायण भए । उनले ३ विकेट लिएका थिए । उनले केएल राहुललाई पनि रनआउट गरेका हुन् । वरुण चक्रवर्तीले २ विकेट लिए । अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रसेलले समान एक–एक विकेट लिए । अङ्क्रिश रघुवंशीले ४४ र रिंकु सिंहले ३६ रनको योगदान दिए । दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिएका थिए । 

 

दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, करुण नायर, केएल राहुल ९विकेटकीपर०, ट्रिस्टन स्टब्स, विप्रराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार र दुष्मन्थ चमेरा ।

 

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तानं), सुनील नारायण, रहमानउल्लाह गुरबाज ९विकेटकिपर०, भेंकटेश अय्यर, रिंकु सिंह, अङ्क्रिश रघुवंशी, आन्द्रे रसेल, रोभमान पावेल, हर्षित राना, अनुकुल रोय र वरुण चक्रवर्ती ।

प्रतिकृया दिनुहोस