• बिहीबार-बैशाख-१८-२०८२

गुहेश्वरीमा एक महिला मृत फेला

 

काठमाडौँ,१७ वैशाख : काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

 

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।”
---

 

 

प्रतिकृया दिनुहोस