काठमाडौं, वैशाख १८ — नेपालको पहिलो पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल, जसको सुरुवात सन् १९९५ मा भएको थियो, यस वर्ष आफ्नो १४औं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। अप्रिल २६ मा काठमाडौंको थमेलस्थित GAA Hall मा आयोजना गरिएको यो भव्य कार्यक्रमले यस वर्षका नयाँ विजेताहरूको घोषणा गरिएकाे छ ।
मुख्य विजेता तथा प्रतिनिधिहरू:
म्यानहन्ट इन्टरनेशनल नेपाल २०२५: स्वस्तिक ढकाल
मिस्टर इन्टरनेशनल नेपाल २०२५: श्रीजेश जोशी
मिस्टर कोस्मोपोलिटन नेपाल २०२५: केलिशन बज्राचार्य
प्रथम उपविजेता: रुजित द्वाल
दोस्रो उपविजेता: रीवन कुँवर
उप-शिर्षक (Subtitle) विजेताहरू:
मिस्टर डिसिप्लिन: किरण जोशी
मिस्टर ट्यालेन्ट एण्ड फ्रेन्डशिप: जीवन बीके
मिस्टर फोटोजेनिक एण्ड पर्सनालिटी: रुजित द्वाल
मिस्टर स्टाइलिश: तिलक जोशी
मिस्टर पपुलर: रीवन कुँवर
मिस्टर पब्लिक चोइस: केलिशन बज्राचार्य
मिस्टर सुपरमोडल: श्रीजेश जोशी
मिस्टर फिजिक: सफिग राज भुजु
म्यानहन्ट इन्टरनेशनल नेपालको मूल उद्देश्य नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेसन र मोडलिङ उद्योगमा स्थापित गर्न अवसर सिर्जना गर्नु रहेकाे बताइएकाे छ । प्रतियोगिताले युवालाई प्रेरणा दिनका साथै जिम्मेवार र आदर्श नागरिकको रूपमा तयार पार्ने लक्ष्य राखेको आयाेजक बताउछन् ।
नेपालभरिका आकर्षक युवाहरूको सहभागितामा सम्पन्न यो प्रतियोगिता नेपाली पुरुष मोडलिङ इतिहासको एक महत्वपूर्ण पाटो बनेको दावी गरिएकाे छ।
प्रतिकृया दिनुहोस