• शनिबार-बैशाख-२०-२०८२

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

 

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो । 

 

बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिनेछन् ।

 

नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्दैछ । 

 

 

प्रतिकृया दिनुहोस