• आइतबार-बैशाख-२१-२०८२

बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

 

काठमाडौं, २० बैशाख । ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो । 

 

ब्राजिलको उत्तरपूर्वी भागमा भेटिएको यो पुरानो कमिलालाई वैज्ञानिकहरूले  ‘हेल एन्ट’ भनेका छन् । यो ‘हेल एन्ट’ अहिलेसम्म भेटिएको कमिलामध्ये सबैभन्दा पुरानो हो ।

 

यसको आयु लगभग ११३ मिलियन वर्ष अनुमान गरिएको छ । यसको खोजको पूर्ण विवरण  ‘करेन्ट बायोलजी’ जर्नलमा प्रकाशित भएको छ । विशेष कुरा के हो भने यो कमिला चुनढुङ्गामा संरक्षित अवस्थामा भेटिएको छ भने यसअघि पाइने सबैभन्दा पुरानो कमिलाको नमूना एम्बरमा थियो । यी एम्बर नमूनाहरू फ्रान्स र म्यानमार (बर्मा) बाट फेला परेका थिए ।

यो कमिलाले वैज्ञानिकहरुलाई छक्क पारेको छ । यस खोजले पृथ्वीमा जीवनको विकासको सन्दर्भमा धेरै नयाँ प्रश्नहरू खडा गरेको छ। एन्डरसन लेप्को र उनको टोली, जो साओ पाउलो विश्वविद्यालयको प्राणीशास्त्र संग्रहालयसँग सम्बन्धित छन्, यो आश्चर्यजनक खोजको पछाडी सदैव दौडिरहेका हुन्छन् । 

 

टोलीले ब्राजिलको  ‘क्रेटो फर्मेसन’ नामक ठाउँबाट यो कमिला पत्ता लगाएको हो । यो क्षेत्र उत्कृष्ट जीवाश्म संरक्षणको लागि विश्वभर प्रसिद्ध छ। चट्टानमा यति पुरानो ‘हेल कमिला’ देखेको यो पहिलो पटक भएको लेप्को बताउँछन् ।

 

यो सामान्य कमिला थिएन। यसको बङ्गारा अनौठो तरिकाले बनेको  थियो, जसले यसलाई शिकारका लागि विशेष बनाएको थियो । टोलीले माइक्रो–सीटी स्क्यानिङ प्रविधि प्रयोग गरी शरीरको भित्री भागको थ्रीडी इमेजिङ गरेको थियो । जसको परिणामहरूवाट बैज्ञानिकरू निकै नै स्तब्ध भएका थिए। यस्तो जटिल संरचना यस कमिलाको खुवाउने उपकरणमा भेटिएको थियो, जसले त्यो समयका कमिलाहरूले पनि विशेष तरिकाले शिकार गर्न सिकेको देखिएको छ ।

 

अर्को विशेष कुरा के हो भने यो कमिला म्यानमारको एम्बरमा पाइने ‘नरक कमिला’ सँग मिल्दोजुल्दो छ । अर्थात् ११३ मिलियन वर्षअघि नै कमिलाहरू विश्वभर फैलि सकेका थिए र उनीहरूले शिकार गर्ने तरिकामा विशेष प्रकारको विविधता विकास गरिसकेका थिए। यस खोजले हामीलाई कमिलाको विकासलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर मात्र प्रदान गर्दैन, डायनासोरसँगै पृथ्वीमा कति रोचक र जटिल जीवन प्रणालीहरू विकास भएको थियो भन्ने कुरा पनि पुष्टि गरेको छ ।
 

प्रतिकृया दिनुहोस