• आइतबार-जेठ-१८-२०८२

सात डीआईजीको सरुवा, प्रदेश प्रहरी प्रमुखहरू ताेकिए, CIB मा थपलिया

 

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । २०८२ वैशाख २१ गते भएको निर्णयअनुसार रिक्त रहेका प्रदेश प्रहरी प्रमुखहरूका लागि सरुवा गरिएको हो ।

सरुवा सूची अनुसार:

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा डीआईजी ईश्वर कार्की

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा डीआईजी उमा प्रसाद चतुर्वेदी

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा डीआईजी अरूण पौडेल

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा डीआईजी दिनेश कुमार आचार्य

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा डीआईजी राजेन्द्र प्रसाद भट्ट

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा डीआईजी डम्बर बहादुर बिक

केन्द्रीय अनुसन्धान ब्युरो (CIB), लाजिम्पाटमा डीआईजी गोविन्द थपलियाला पठाइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा भने अहिले सरुवा गरिएको छैन । रिक्त पदमा बढुवा तथा अनिवार्य अवकाशपछिको समायोजनस्वरूप सरुवा गरिएको बताइएको छ ।

लिंक यता छ 

जनपद प्रहरी समूह तर्फका प्रहरी नायव महानिरीक्षकहरुको सरुवा सम्बन्धमा । - www.nepalpolice.gov.np

 

प्रतिकृया दिनुहोस