नेपालमा २०४८ को जनगणनामा कति विदेशमा थिए भन्ने एकिन नभएपनि २०५८ को जनगणनामा करिब ७.५ लाख नेपाली विदेशमा रहेको देखिन्छ , जुन कुल जनसंख्याको ३.३ प्रतिशत थियो । त्यसपछि २०६८ मा यो संख्या झन्डै १७ लाख पुग्यो–६.५ प्रतिशत रहेको देखिन्छ । यो संख्या २०७८ सालमा, विदेशमा रहेका नेपालीहरूको संख्या २२ लाख भन्दा बढी रहेको छ, यो कुल जनसंख्याको ७.९ प्रतिशतभन्दा बढी हो अर्थात् जनसंख्याको करिब ८ भन्दा बढी प्रतिशतमा विदेशमा छन् । यो संख्या छिटै दुई अंक पनि नाग्नेछ वा सरकारी बाहेकको तथ्यांक हेर्ने हो भने नागिसक्यो भन्नुमा अत्युक्ति नहोला ।
सरसरी हेर्दा, विगत दुई दशकमा नेपाली जनसंख्याको एक उल्लेख्य हिस्सा देशबाहिरको जीवन मन पराउन थालेको र बसाईसराई समेत गरेको देखिन्छ । हाल आएर एनआरएनलाई नागरिकता दिने कुराले केही आशा खासगरि आर्थिक क्षेत्रमा लाग्ने आउने झिनो आशा छ ।
सामाजिक हिसावले त निकै ठुलो काम गर्नुपर्नेमा हामी विप्रेषण र बाह्य क्षेत्र राम्रो रहेकोमा नै खुसी छौं, निकासी बृद्धि गर्न बस्तु विकासदेखि निर्यात प्रबद्र्धन कार्यक्रममा तिब्रताको कुरा केवल कागजी घोडा भएको छ । अब पहिलेझैं केवल श्रमको खोजीमा सीमित भने छैन–शिक्षा, स्थायी बसोबास, परिवार पुनर्मिलन, व्यवसाय र जीवनस्तर उकास्ने चाहनासमेत जोडिन थालेका छन् ।
यसरी हेर्दा, शिक्षाका लागि विदेश जानेलाई अब अवसरमात्र होइन, बाँच्ने विकल्पको रूपमा हेर्न थालिएको छ । विदेश पढ्न जानेमध्ये धेरैजसो फर्किंदैनन् । उनीहरू उतै जागिर खान्छन्, विवाह गर्छन्, बसाइँ सर्छन् । यसो हुँदा नेपालले आफ्नो सिपयुक्त, शिक्षित जनशक्ति दिनप्रतिदिन क्रमसः बढ्दो रुपमा गुमाइरहेको अवस्था छ । कसै कसैले त इमोसनल सम्बन्ध नै हराएको भनेका छन् तर आर्थिक पाटोको अगाडि त्यसको कुनै अर्थ छैन ।
अब राजनीतिको चर्चा गरौं
के यो देश सधैंभरि यस्तै, उस्तै रहने छ ? होइन । यो हुनेछैन । परिवर्तन अन्तिम हुने छ । विगत र हालको परिदृश्य हेर्दा आधुनिक प्रबिधि संघ र त्यो स्पिडमा सोच्न, बुझ्न र काम कार्यान्वयन गर्ने नेता नेपालले खोजेको र सिद्धान्तमा भन्दा बढी कामको गति हेर्न जनता खासगरि युवा समुदाय लालायित हो कि भन्ने आभाष हुन्छ । यो कुरा पूर्व राजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौँ फर्किंदाको झल्को हो कि ? मन्त्रिपरिषदको निर्णय सुन्दा लाग्छ त्यसको अधिकांश त विदेश जाने, ऋण लिन स्वीकृति दिने, बढुवा, आदिमा केन्द्रित भएको हुन्छ ।
सायद त्यो कानूनी बाध्यता पनि छ नेपालको सन्दर्भमा । तर, मन्त्रिपरिषद्को बैठकमा विकास सुशासन सम्बन्धी प्रस्ताब कूल प्रस्तावको न्यूनतम् यती प्रतिशत हुनु पर्छ भन्ने व्यवस्था हुनु पर्छ । मन्त्रिपरिषद बैठकमा नियमित कार्य सूची बाहेक विकास, संमृद्धि, डिप्लोमेसी, आर्थिक मुद्दामा समेत छलफल होस् भन्ने जन चाहना छ ।
यो सधैं अहिलेको जस्तो कमजोर हुनेछैन । अहिले हामी परिवर्तनको चरणमा छौं । हामीले दशक लामो आन्तरिक युद्ध समाप्त ग¥यौं । विकास एक ढिलो प्रक्रिया हो भन्ने भ्रम नेपालमा हुनु दुर्भाग्य हो । हाम्रो गति कछुवाको छ । बुटवल नारायणघाट बाटो पोखरा–मुग्लिंगलगायत बाटो हेर्दा मेन्टिनेन्स गर्नु राम्रो किनकि मर्मत गर्न महँगो पर्छ चाहे त्यो भौतिक होस् वा व्यक्तिगत र सामाजिक समबन्धमा समेत । भनिन्छ “मेन्टिनेन्स इज बेटर देयन रेपिअर’’ ।
तर, निराश हुनुपर्ने अवस्था छैन । हाम्रो अधिकतम प्रयास जारी राखौं । आशाहीन महसुस गर्ने होइन बरु हामी आशावादी हुनुपर्छ र आशावादी हुनुपर्छ कि चीजहरू राम्रो हुनेछन् ।
पक्कै पनि अहिलेको अवस्था निकै निराशाजनक छ । राजनीतिज्ञहरू जनताको वास्ता गर्दैनन्, कुशासन गरेर आफूलाई धनी बनाउने र आफ्नो परिवार र पार्टीलाई सघाउँछन् । हामीकहाँ कर्मचारीतन्त्र उस्तै छ । कुनै पनि राजनीतिज्ञले जागिर वा समृद्धिको कुरा गर्दैन, यो सबै पहिचानको राजनीति र सतही कुराहरू हुन् । तर, कम्तीमा नेपालमा लोकतन्त्र छ र भविष्यमा हामीले नेपाललाई समृद्धि दिने नेता चुन्नेछौँ ।
नेपालको सरकार र
अर्थतन्त्र किन धरासायी ?
नेपालको अर्थतन्त्र जहिले पनि खस्किँदै गएको छ । ३० वर्षअघिसम्म हामी विश्वका तीन गरिब देशहरूमा थियौं । आज, हामी प्रतिव्यक्ति जीडीपीको हिसाबले गरि ब देशहरू मध्ये २० भन्दा धनी छौं । त्यसैले बहुदलीय लोकतन्त्र आएपछि हामीले केही प्रगति गरेका छौं ।
नेपालको विकासमा सबैभन्दा ठूलो बाधक भनेको यसको पहाडि भूभाग हो, जसले सडक र अन्य पूर्वाधार निर्माण गर्न निकै महँगो र समय खपत गर्छ । अर्को समुद्रमा पहुँचको अभाव हो । भूपरिवेष्ठित मुलुक भएकाले हामी बाँकी विश्वसँगको व्यापार र व्यापारका लागि हाम्रा दुई छिमेकी (भारत र चीन)मा निर्भर छौं । यद्यपि तिनीहरू खराब छिमेकीहरू छैनन्, यसले अझै पनि मामिलाहरूलाई जटिल बनाउँछ र तेस्रो देशहरूसँगको व्यापारलाई महँगो र समय–खपत बनाउँछ । ब्रेन ड्रेन समस्या समाधान गर्न, हामीले यो ब्रेन ड्रेनको कारण हेर्नु पर्छ ।
नेपालबाट मुख्यतया युवाहरु पलायन भएका छन् । उनीहरूले राम्रो रोजगारी र शिक्षाको खोजीमा त्यसो गर्छन् । रोजगारी र शिक्षाको लागि अस्थायी रूपमा अर्को देशमा सर्नु वास्तवमै राम्रो विकल्प हो किनभने नेपालको वर्तमान अवस्थाले बढ्दो शिक्षित जनसंख्याको माग पूरा गर्न सक्दैन (इन्टरनेटले मानिसहरूको संस्कृति र जीवनशैलीलाई विश्वव्यापीकरण गरेको छ)।
जीवन शैलीमा यी आविष्कारहरू पछ्याउँदै, धेरै युवाहरू नेपालीहरू जाने देशहरूको सूचीमा आकर्षित भएका छन् । तर, जीवनशैलीको अनुभव र संसारको बारेमा सिकिसकेपछि मानिसहरु सधैं अस्थिर हुने (नेपालमा रोजगारी र जीवनशैलीको अभाव) भनाई राखेर स्वदेश फर्किने जोखिममा जोड दिइरहेकाले मातृभूमि फर्किंदैनन् । विदेशमा रहेका अधिकांश नेपालीहरूमा यो सामान्य छ । तसर्थ, यदि हामी हाम्रो आराम क्षेत्रबाट बाहिर आएनौं भने, अस्थिरताको डरले हामीलाई सधैं घेर्नेछ । वैदेशिक रोजगारी खोज्नुको सट्टा नेपालमा रोजगारी सिर्जना गर्ने प्रयास होस् (हामीलाई राम्रो उद्यमी चाहिन्छ)।
कसैलाई यो अधिकार छैन, तर नेपाली बजारमा नयाँ विचारहरू पेश गर्न सक्ने धेरै सीप र अनुभव भएका महान दिमागहरू छन् । विदेशमा हुँदा, सिक्नुहोस्, बढ्नुहोस्, विभिन्न प्रकारका मानिसहरूसँग जोड्नुहोस्, र आफूलाई आफूले चाहेको व्यक्ति बनाउनुहोस्, र आफ्नो मातृभूमिमा फर्किनुहोस् ।
कुनै ज्ञानीले भनेका छन्, “संसारलाई सुधार्ने ठाउँ पहिले आफ्नो हृदय, शिर र हातमा हुन्छ, त्यसपछि त्यहाँबाट बाहिरी काम गर्नुहोस् ।’’(समाप्त) (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
प्रतिकृया दिनुहोस