लिभरमा कस्ता कस्ता समस्याहरु हुन्छन् ? कस्तो अवस्थामा लिभरको सर्जरी नै गर्नुपर्छ ?
- कलेजोमा समस्याहरु त विभिन्नखाले हुन्छन् । तर सर्जरीमा जानुपर्ने चाहीं थोरै मात्रामा हुन्छन् । जनमानसमा विभिन्न खालको अवधारण रहेको पाइन्छ । पेटको अल्ट्रा साउण्ड गर्न जाँदा त्यहाँ फ्याट लिभर भनेर लेखिएको हुन्छ । सुरुमा फ्याट लिभर बिग्रिँदै गएपछि हाइड्रोसिस वा सिरोसिस हुने गर्छ । त्यसैले हामीले लिभर सिरोसिसलाई कन्ट्रोलमा राख्नुपर्छ । यो विग्रियो भने कलेजो पूरै नासिन्छ । त्यसमा लिभर ट्रान्सप्लान्ट आवश्यक पर्न सक्छ । कलेजोको रोगहरु पनि धेरै प्रकारको हुन्छन् ।
अपरेशन गर्नुपर्ने, नर्मल ट्युमरका समस्याहरु हुनसक्छन् । त्यसमा हामी काम गर्न सक्छौं । इन्साइटमा त्यो ग्रोथ के हो भनेर पनि बुझ्नुपर्छ । लिभरमा सुरुको समस्या हेर्दाखेरि थाहा नै हुँदैन । अन्तिम स्टेजमा समस्या भएर आउँदाखेरि त्यो अन्तिममै गइसकेको हुन्छ । त्यसैले सुरुको समस्या पत्ता लगाउनको लागि रेगुलर चेकअप नै गर्नुपर्छ । चेकअप धेरै साधारण छ । साधारण रगत परीक्षण, लिभर फङ्सन टेस्ट पेटको अल्ट्रासाउण्ड गर्दा थाहा हुन्छ लिभरको अवस्था थाहा हुन्छ ।
जन्डिस भएर धेरै कमजोरी भएर, पेटमा पानी भरिएर आउनु भनेको लिभर रोगको अन्तिम अवस्था हुनसक्छ । त्यसैले साधारणतया सुरुमा थाहा हुँदैन । यसको लागि नियमित चेकअप नै गर्नुपर्छ । रुटिन चेकअप गर्दा थाहा हुन्छ । आफ्नो डेली लाइफ स्टाइल, एक्साइज र खानपिनले यसमा धेरै मद्दत गर्छ ।
८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन दिनसके राम्रो हुन्छ । धेरै प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । सिरोसिस भइसकेको अवस्थामा रक्सी सेवन गर्नु हुँदैन् ।
लिभर सिरोसिस भएको सुरुवाती लक्षण कसरी थाहा पाउने ?
- लिभर सिरोसिस भनेको कलेजो सप्ट हुनु हो । बोडरहरु स्टिफ हुन्छ । फ्याट लिभर हुने वित्तिकै अलिकति हार्डनेश सुरु हुनथाल्छ । सिरोसिसमा धेरै नै हार्ड हुन्छ । प्रोगेसिस, सिरोसिस पहिला नर्मलदेखि फाइग्रोसिस हुँदै कडा हुन्छ । नेपालमा हेर्ने हो सिरोसिस हुने भनेको रक्सी सेवनले हो । अरु देशमा अरु कुराहरुले यस्तो हुन्छ भने हाम्रो नेपालमा रक्सी सेवनले यस्तो हुने गर्छ । अहिले खानपिन र शरीरको बनावटका कारण पनि लिभर सिरोसिस हुनेगर्छ । विभिन्न क्षेत्रमा, विभिन्न कारणले हुने गर्दछ ।
कलेजोको क्यान्सर कसरी हुन्छ ?
-कलेजोको क्यान्सर हेर्दाखेरी ८० प्रतिशत केसमा चाँही लिभर सिरोसिस भएको मान्छे कलेजोको क्यान्सर भएका पाएका छौं । सिरोसिस नभएको मान्छेमा पनि कलेजोको क्यान्सर हुन्छ थोरै मात्रामा । सिरोसिसलाई विग्रिन नदिने उपायहरु गर्न आवश्यक छ । समय समयमा क्यान्सरको पनि चेक गर्नुपर्ने हुन्छ ।
कलेजो फिजिसियन, कलेजोसम्बन्धी विशेषज्ञकहाँ गएर नियमित परिक्षण गर्नुपर्छ । क्यान्सर भन्ने वित्तिकै डरलाग्दो कुरा हो । यसको उपचार हुन्छ की हुँदैन भन्ने दोधार हुन्छ । कहीलेकाहीं यसको उपचार सम्भव पनि हुँदैन । त्यसैले सिरोसिस भएको मान्छेले समयमै रुटिन फलोअप गर्ने गर्नुपर्छ । सिरोसिस नै प्रमुख क्यान्सरको कारण हो भन्दा फरक पर्दैन ।
लिभरलाई बढी कुन चिजले नोक्सान गर्छ ? र कस्ता खानेकुरामा ध्यान दिनुपर्छ ?
- लिभरलाई हेर्ने हो भने सबैभन्दा बढी अल्कोहलले नै हो खराब पार्ने । ८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिसको कारणले पनि हुन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन चाहीं जरुरी छ । लिभरको फङ्सन ५०० हुन्छ । प्रोटिनदेखि लिएर धेरै नै आउँछ । धेरै प्रोटिन खानुपर्छ । सिरोसिस भइसकेको अवस्थामा रक्सी सेवन गर्नु हुँदैन् । लिभर वा कलेजो जोगाउन धेरै इफेक्ट गर्ने खानेकुराहरु नखाने, हेल्दी फाइबर डाइट भएको खानेकुरा सेवन गर्ने र प्रोटिन भएको डाइट खाने गर्नुपर्छ ।
कलेजो प्रत्यारोपणको अवस्था नेपालमा कस्तो छ ?
- लिभर सिरोसिस नै विग्रिसकेपछि कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । नत्र क्यान्सर हुन्छ । क्यान्सर लिभरभित्रै छ र वाहिर फैलिएको छैन भने ट्रान्सप्लान्ट गरेर बचाउन सकिन्छ । लिभर कलेजो प्रत्यारोपण भनेको कमप्लेक्स सर्जरी हो । यसमा खर्च बढि लाग्ने, स्किल वा मेनपावरको बढी आवश्यक पर्छ । नेपालमा लिभिङ डोनेट गर्ने चलन छ । कसैले दिनुपर्यो भने मानव अंग प्रत्यारोपण ऐन भन्ने छ । त्यो ऐन अनुसार आफ्नो नातेदारबाट लिनुपर्ने हुन्छ ।
डोनेटका लागि पनि अप्रेसन गर्नुपर्ने हुन्छ । केही उपाय नलागेपछि त्यो उपाय अन्तिम हो । सकेसम्म पहिले कन्ट्रोल गरेर राख्नु नै उचित हुन्छ । नेपालको कलेजो प्रत्यारोपण २०१६ देखि सुरु भएको हो । आजभन्दा आठ नौं वर्ष पहिलाबाट सुरु भएको हो । अहिले यसले राम्रो पीकअप लिएको छ । अहिले तीनवटा इन्स्युच्युट यसको काम भइरहेको छ । पहिला मानव अंग प्रत्यारोपण केन्द्र भक्तरपुरमा सुरु गरिएको थियो । त्यसपछि टिचिङ अस्पतालले सुरु गरेको छ । यसैगरी किष्ट मेडिकल कलेजमा लिभर ट्रान्सप्लान्ट राम्रो भइरहेको छ ।
नेपालमा विशेषगरी सर्जरीहरु कुन कुन विधिबाट हुन्छ ?
- सर्जरी भन्ने कुराहरु दिनप्रतिदिन डेभलपमेन्ट भइरहेको हुन्छ । मेडिकल साइन्स पनि दिनप्रतिदिन नयाँ नयाँ रिर्सचले गर्दा प्रगति प्रोसेस बढि नै रहेको छ । अहिलेसम्म संसारमा ९९ प्रतिशत ओपन सर्जरी नै भइरहेको छ । ओपन भनेको पेटलाई काटेर पेटको प्वाँललाई भित्र अर्थात जुन पुरानो विग्रिएको नासिएको कलेजो छ त्यसलाई निकालेर त्यो ठाउँमा अर्को कलेजो राख्ने गरिन्छ । जो डोनेटबाट आउँछ । नेपालमा लिभिङ डोनेटबाट गर्छौं भने अरु देशमा डिजिज डोनेटबाट प्रत्यारोपण गर्छन् ।
ब्रेन डेथ भएको बिरामीबाट पनि राख्ने गरिन्छ । अहिले सानो प्वाँलबाट पनि कलेजो प्रत्यारोपण गर्ने गरिन्छ । संसारमा १९६० मा पहिलो चोटी लिभर ट्रान्सप्लान्ट भएको थियो । लिभर रोगको लागि लिभर ट्रान्सप्लान्ट उपाय हो भनेर इग्ल्यान्डले सूचिकृत गरेको थियो । पछि अमेरिका र युरोपहरुमा हुन थाल्यो । भारतमा १९०८ मा सुरु भएको हो ।
नेपालमा २०१६ देखि सुरु भएको हो । यसको रिजल्ट धेरै राम्रो छ । एकपटक लिभर ट्रान्सप्लान्ट भइसकेपछि साधारण जीवन हुन्छ । ३० वर्ष ४० वर्ष या ५०–६० वर्ष जतिपनि बाँच्छ । एकदमै विश्वासिलो छ । यसमा फेलियर र सक्सेक भन्ने हुन्छ । पहिला फेलियरको रेट धेरै थियो । तर अहिले ९० प्रतिशत भन्दा बढि सफल भएर राम्रो रिजल्ट आएको छ ।
लिभर ट्रान्सप्लान्टमा खर्च चाँही के कति लाग्छ ?
- म भर्खरै अमेरिकामा लिभर ट्रान्सप्लान्ट सम्बन्धी अस्पतालको दुई महिनाको भिजिटमा थिए । नेपालमा २० वटा ट्रान्सप्लान्ट गर्ने खर्च र अमेरिकामा एउटा ट्रान्सप्लान्ट गर्ने खर्च उस्तै छ । त्यसैले लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो । किनकी हामी सुरुवाती चरणमा छौं ।
निजी अस्पतालहरुले पनि यसमा फाइदा राखेको छैन् । मेनपावर सस्तो छ । डक्टर वा नर्स सबै सस्तो छन् नेपालमा । औषधी लाग्ने भनेको संसारमा सबै ठाउँमा उही औषधी हो । औषधी उही लाग्ने हो । तर मेनपावर सस्तो भएका कारणले नेपालमा धेरै सस्तो भएको हो । तर अरु रोगको तुलनामा चाँही महङ्गो नै हो । १५–२० दिन अस्पतालमा बस्नुपर्ने हुन्छ । दाता र विरामी दुबैको खर्च जोड्दा ३०–३५ लाख जति लाग्छ ।
लिभर ट्रान्सप्लान्ट गरेका विरामीहरुले कस्तो–कस्तो सावधानी अपनाउनुपर्छ ?
- लिभर ट्रान्सप्लान्ट गरेको विरामीलाई अरुको लिभर ल्याएर राखेको हुन्छ । त्यसलाई एन्टीबढि भनिन्छ । बाहिरबाट आएको तत्व भएको कारणले रियाक्सन गरिरहेको हुन्छ । रिजेक्ट गर्ने कोशिस गर्छ । त्यसैले त्यो रिजेक्ट नगरोस् भन्नको लागि औषधी दिएका हुन्छौं । त्यसले संक्रमण हुन सक्ने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्नुपर्ने हुन्छ । विस्तारै शरीरले समायोजन गर्ने गर्छ तर सुरुमा मात्र अलि अप्ठ्यारो हो । रिजेक्सन नहोस् भन्नको लागि औषधी चाँही दिनहुँ खानुपर्ने हुन्छ । ब्लड सुगर हाई हुने जस्तो विरामी छ भने चाँही एउटा औषधी चाँही जीवनभर खानुपर्ने हुन्छ । त्यो लिभरलाई बचाउनको लागि हो । व्यायमहरु पनि गर्नुपर्छ ।
लिभर ट्रान्सप्लान्टबारे केही भन्न चाहनुहुन्छ ?
- लिभर ट्रान्सप्लान्ट नेपालमा सुरु भएको आठ–नौं बर्ष भयो । लिभर ट्रान्सप्लान्टको रिजल्ट हेर्ने हो भने भारतमा र नेपालमा अहिले बराबर नै छ । लिभर ट्रान्सप्लान्ट यहाँ पनि हुन्छ भनेर मानिसहरु धेरैलाई थाहा नै छैन् । भारतमा भन्दा ट्रान्सप्लान्ट नेपालमा नै सहज छ । अस्पतालको चार्जहरु पनि यही सस्तो छ ।
कलेजोे दिनेलाई चाँही असर हुन्छ कि हुँदैन् भन्ने कुरा पनि आउँछ । अंग दिनेलाई चाँही १०० प्रतिशत सेफ्टी हो भनेपछि मात्र स्वीकृत गर्न सकिन्छ । त्यसको लागि विभिन्न टेस्टहरु गर्नुपर्छ । डोनर चाँही सेफ हुन्छ अंग दिएपछि भन्ने भएपछि बल्ल हामी अपरेशन सुरु गछौं । डोनरपनि सेफ हुन्छ । कलेजो शरीर भित्रको ठूलो अंग हो । र आफै पलाएर आउँछ । जब काटेर दिन्छौ त्यो दुईजनाको टुक्रा एक महिनादेखि डेढ महिनामा एकसय प्रतिशत जति पलाएर आउँछ ।
अपरेसन गरेको दिनदेखि नै काम गरिराखेको हुन्छ । एक डेढ महिनामा नै साइजमा पनि आइसक्छ । अहिलेसम्म हामीले ५० वटा लिभर ट्रान्सप्लान्ट गर्यौं होला कुनै डोनरलाई केही भएको छैन् । डोनर सर्जरी गरिसकेपछि वा डिस्चार्ज गरिसकेपछि कुनै किसिमको फलोअप चाहिँदैन् । भविष्यमा गएर त डोनेसन नगरेकोलाई पनि त कुनै किसिमको रोग लाग्न सक्छ नि त्यो बेग्लै कुरा हो । तर कलेजो दान दिएको कारणले भविष्यमा सोही किसिमको रोग लाग्ने भन्ने कुरा चाँही हुँदैन् । खानपान पनि बार्नुपर्दैन् ।
प्रतिकृया दिनुहोस