काठमाडौं । आउँदो २०८२ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र हेल्लो काँशीराम को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक भएको छ। लोक भावनाको स्वाद बोकेको यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न पाइन्छ, जसले गीतलाई झनै दमदार बनाएको छ।
२ मिनेट ५२ सेकेन्ड लामो यो गीत बुढासुव्वा डिजिटल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। विपिन आचार्यले संगीत संयोजन गरेका गीतको रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। गीतले चलचित्रको हास्यव्यङ्गात्मक बान्कीलाई अझ चाखलाग्दो बनाइदिएको देखिन्छ।
चलचित्र हेल्लो काँशीराम देशको समसामयिक राजनीतिक र सामाजिक अवस्थालाई व्यङ्ग्य शैलीमा प्रस्तुत गर्ने कोसिस हो। निर्देशक रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई (फुलन्देकी आमा), अर्जुन गुरुङ, लक्ष्मी भुसाललगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रका अन्य पक्षहरूमा पनि प्राविधिक जमात बलियो देखिन्छ। छायांकन यम आले मगर, सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङ, कोरियोग्राफी कविराज गहतराज, द्वन्द निर्देशन शंकर महर्जन र पार्श्वसंगीत साश्वत श्रेष्ठको रहेको छ।
पि.बी. थापाको लगानीमा निर्माण भएको चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन्। सहायक निर्देशक जीवन गौतम, सावन शर्मा र सुमन खाँण छन्। श्रृंगारतर्फ दीपेन्द्र हमाल र भेषभूषामा करण बस्नेतको टिमले काम गरेको छ।
चलचित्र रेडलाइन्स फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको हो भने मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रा.लीले सम्हालेको छ।
प्रतिकृया दिनुहोस