खाने इच्छा कम भएमा मानिसहरुमा विभिन्न शारीरिक समस्या पनि भएको हुनसक्छ । रोग, थकान, तनाव तथा भिटामिनहरुको कमीले पनि भोकलाई प्रभावित पार्दछ । जानौं केही भिटामिन जसको कमीले भोक नलाग्ने हुन सक्छ ।
–शरीरमा भिटामिन बी–१ (थायेमिन) कमी भएमा शरीरमा उर्जा बन्ने प्रक्रिया कमजोर हुन्छ । यसैकारण मेटाबोलिज्म कमजोर हुने र भोक नलाग्ने हुन्छ । यसको कमीले तौल पनि घट्दै जान्छ ।
–भिटामिन बी–१२ को कमीले शरीरमा उर्जाको स्तर कमजोर बनाउँछ । यसले गर्दा भोक नलाग्ने, थकान हुने र मन कमजोर महसुस हुन्छ ।
–भिटामिन डीको कमीले हाड तथा मांसपेशी कमजोर हुन्छ र शरीरमा थकान महसुस हुन्छ । उर्जाको कमीका कारण भोक कम लाग्ने र दिनचर्या प्रभावित हुन जान्छ ।
–शरीरमा आइरनको कमी भएमा भोक लाग्ने हर्मोन प्रभावित हुन जान्छ, जसले गर्दा भोक कम लाग्ने र खान मन नलाग्ने हुनसक्छ । आइरनको कमी भएमा रिंगटा लाग्ने, सास फुल्ने, छाला पहेँलो हुन जाने हुन्छ । यस्ता संकेत देखिएमा तुरुन्त जाँच गराउनुपर्दछ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
प्रतिकृया दिनुहोस