• मंगलबार-बैशाख-३०-२०८२

दश करोड बढीको लागतमा बुढीगङ्गाको प्रशासकीय भवन निर्माण

 

बाजुरा, २९ वैशाख : जिल्लास्थित बुढीगङ्गा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ । रु १० करोड ५५ लाख ५३४ को लागतमा भवन निर्माण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो । 

 

पहिलो स्थानीय तहको निर्वाचनपछि निर्माण सुरु भएको भवन २०८१ सालमा निर्माण सम्पन्न भई कामकाज सुरु गरे पनि आज औपचारिक उद्घाटन गरिएको नगरप्रमुख बानियाँले बताउनुभयो । पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले यहाँ आयोजित बुढीगङ्गाको विकासका लागि कचहरी कार्यक्रमका अवसरमा भवन उद्घाटन गर्नुभएको हो । 

 

चारतले अत्याधुनिक प्रशासकीय भवनमा बैठक कक्षसहित २४ कोठा रहेका छन् । भवनमा अत्याधुनिक लिफ्टसहितको व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिनुभयो । नगरपालिकामा रहेका १० वडामध्ये हालसम्म सात वडा कार्यालय निर्माणसम्पन्न भएका उहाँले बताउनुभयो ।
---
 

प्रतिकृया दिनुहोस