• बिहीबार-जेठ-१-२०८२

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

 

रौतहट, १ जेठ । पछिल्लो समय रौतहट स्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ । एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासीसहित जिल्लाको सिंगो  गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।


नेकपा एमाले गुजरा नगर कमिटी द्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरी स्थित वडा प्रत्याशी काजीमान माझी मावाेवादि पार्टी  परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।


माओबादी नेता माझी संगै सिंगो सिमरी गाउँनै माओबादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि  नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रीय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशी लाई माला र टिका लगाएर स्वागत गरेका थिए ।

 

कार्यक्रममा भूमि आयोग केन्द्रीय सदस्य आरती भन्डारी, पूर्व राज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सद्स् एवम क्षेत्र ३ का क्षेत्रीय अध्यक्ष युवराज ज्ञवालि, मेयर प्रत्यक्षी शेख एक्रामुललगायत एमालेका जिल्ला कमिटी  पदादिकारी ,नगर अध्यक्ष जयराम चाैधरी,  लगायतको उपस्थिति रहेको थियो ।

 

वडा प्रत्याशी माझी माओबादी सशस्त्र द्वन्दकाल देखिनै माओबादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । माओबादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको बताएका थिए । एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ । करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेश गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस