• बिहीबार-जेठ-१-२०८२

सशस्त्र प्रहरी IGP अर्यालद्वारा  'Weapon Nursery' उद्घाटन

 

झापा, जेठ १ गते। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (IGP) राजु अर्यालले झापा जिल्लास्थित सशस्त्र प्रहरी बल पाथीभरा जवान तालिम शिक्षालयको निरीक्षण गर्नुका साथै उक्त शिक्षालय परिसरमा निर्माण गरिएको "Weapon Nursery" (हतियार नर्सरी) को औपचारिक उद्घाटन गर्नुभएको छ।

महानिरीक्षक अर्याल आज बिहान शिक्षालय पुगेका थिए। उनले तालिम शिक्षालयको संरचना, तालिम गतिविधि, पूर्वाधार र प्रशासनिक व्यवस्थाबारे स्थलगत निरीक्षण गरी जवानहरूको तालिम, अनुशासन र आत्मबलप्रति सन्तोष व्यक्त गरे। उनले तालिमरत जवान तथा प्रशिक्षकहरूसँग संवाद गर्दै पेशागत दक्षता, देशभक्ति र मर्यादित आचरणलाई निरन्तर आत्मसात गर्न निर्देशनसमेत दिनुभयो।

“Weapon Nursery” को उद्घाटन


झापाको पाथीभरा तालिम शिक्षालयमा नवीनतम अवधारणामा आधारित Weapon Nursery स्थापना गरिएको छ। यस नर्सरीमा विविध प्रकारका हतियारहरूको प्रदर्शन, संरक्षण, मर्मतसम्भार र अध्ययन गर्ने विशेष व्यवस्थाहरू गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसको उद्घाटन गर्दै IGP अर्यालले भने, “यस नर्सरीले जवानहरूमा हातहतियारप्रतिको ज्ञान, व्यवहारिक दक्षता र सुरक्षाबोध थप बलियो बनाउनेछ।”

 

स्थानीय सहभागिता र सम्मान


उक्त कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकारी, तालिम शिक्षालयका प्रमुख, स्थानीय निकाय प्रतिनिधि तथा सुरक्षासंस्थाका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। महानिरीक्षक अर्यालले कार्यक्रममा श्रेष्ठ प्रशिक्षक, अनुशासित जवान र उल्लेखनीय योगदान पुर्‍याउने कर्मचारीहरूलाई प्रमाणपत्र तथा सम्मान समेत प्रदान गरे।

 

सशस्त्र प्रहरी बलको प्रशिक्षण क्षमतामा विस्तार


सशस्त्र प्रहरी बल, नेपालले पछिल्ला वर्षहरूमा तालिम शिक्षालयहरूको संरचनात्मक विकास, आधुनिक तालिम उपकरणको प्रयोग, अनुसन्धान तथा विश्लेषण क्षमताको विस्तारमा विशेष ध्यान दिँदै आएको छ। पाथीभरा तालिम शिक्षालय पूर्वी नेपालको एक प्रमुख सुरक्षा तालिम केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। 

प्रतिकृया दिनुहोस