काठमाडौं, १ जेठ । नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टरले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन् । समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ ।
मिति २०८२ बैशाख ३१ गते बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेका) थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ ।
प्रतिकृया दिनुहोस