• मंगलबार-जेठ-६-२०८२

सिटिजन्स बैंक र क्लब 10X बीच विशेष छुट दिने समझदारी


सोमबार, जेठ ५ गते, २०८२ | काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ठमेलस्थित क्लब ‘10X’ बीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीअनुसार बैंकका ग्राहकले क्लब 10X मा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्।

सहमति अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग सेवाका प्रयोगकर्ताहरुले क्लबमा उपलब्ध सेवा तथा सुविधामा यो छुट प्राप्त गर्न सक्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको जनाएको छ।

डिजिटल भुक्तानीमा छुट दिने योजना ग्राहकमैत्री हुने विश्वास बैंकले लिएको छ। यसअघि पनि बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यम प्रयोग गर्न प्रोत्साहन गर्न विभिन्न योजनाहरु ल्याउँदै आएको छ। छुट सम्बन्धी विस्तृत जानकारी सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।

विश्वप्रसिद्ध ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले हालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन दिने सुविधा र ऋण तिर्नका लागि  CRN नम्बर सेवा समेत सुरुवात गरेको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १८ लाख ८८ हजार ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिकृया दिनुहोस