सर्लाही, ६ जेठ । सर्लाही बलरा नगरपालिकास्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानी खान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ ।
बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पूजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो(पुजारी)लाई मोटर जडान भएको ट्युवेलमा पानी खाने क्रममा दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो । करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको,प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस