• बुधबार-जेठ-७-२०८२

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य: नेता डा कोइराला


काठमाडौँ, ६ जेठः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताउनुभएको छ ।  

    कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज यहाँ आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “हामी सक्छौँ भन्ने सोेच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिथि छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौँ”, उहाँले भन्नुभयो । 

    कांग्रेस नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताउनुभयो । 

    नेकपा ९एमाले०का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गाीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

    कार्यक्रममा विभागका संयोजक डा गोविन्दराज पोख्रेल, पूर्वमुख्य सचिवहरू डा विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिवहरूलगायतले भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 
---

प्रतिकृया दिनुहोस