• बुधबार-जेठ-७-२०८२

यसकारण अनुगमनको क्रममा कुटिए औषधी बिभागका कर्मचारी

 

रौतहट, ६ जेठ । रौतहटमा  औषधी पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ ।

 

भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधी पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् ।

  
बिभागमा दर्ता नगरी औषधी पसल चलाएको, प्रतिबंधित औषधी समेत बिक्री गरेको उजुरीको आधारमा औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्ज टोली सोमवार अनुगमन गर्न जाँदा स्थानीयबाट कुटिएका थिए ।


टोलीलाई दर्जनौंको संख्यामा गाएकी महिला पुरुषले लखेटी लखेटी कुटपिट गरेका थिए । टोलीमाथि कुटपिट र लखेटिएको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।


स्थानीयको कुटाई बाट फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताएका छन् । 


घाइते जयसवाल र शर्माको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि सोमवार नै डिस्चार्ज भएको र अहिले अवस्था सामान्य रहेको छ । विभागका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रुद्रराज कँडेल सहितको टोलि अनुगमनमा गएको थियो ।


इन्सपेक्टर कँडेलको मोबाइलको डिस्प्ले फुटाइदिएको उनले बताएका छन् । दर्जनौ महिला पुरुषको भीडले औषधी व्यवस्था विभागका कर्मचारीको  कागजात समेत खोसिदिएको प्रहरीले जनाएको छ । 


राजपुर गाउँका शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षीदेखि औषधी पसल सञ्चालन गर्दै आएको उजुरी परेपछि  विभागको टोली अनुगमनमा गएको बताइएको छ । रौतहटका सिडियो बिनोद कुमार खड्‌काले बिभागका कर्मचारीको माग अनुसार हाम्रो एकजना र प्रहरीको एकजना प्रतिनिधी पठाएको बताएका छन् ।

 

बिभागका कर्मचारी माथी भएको कुटपिटको घटना बारे अनुसन्धान भईरहेको सिडियो खड्काले जानकारी दिएका छन् । स्रोतका अनुसार औषधी पसले शेख नेक महमदका दाजु भाईले पारिवारिक विवादको रिसिबि साध्न केही दिन अघि औषधी ब्यवस्था बिभाग बिरगंजमा उजुरी दिएका थिए । 


पछिल्लो लामो समयदेखि बिभागका कर्मचारी र बिभागको कार्यक्षेत्र अन्तर्गतको प्रायः सबै ठूला मेडिकल ब्यवसायी संग सेटिङ रहेको छ । उनीहरू ठूला औषधी पसलेसँग मासिक रूपमा रकम उठाउँदै आएको स्वयं मेडिकल व्यवसायीहरु बताउँछन् । यिनीहरू सेटिङमा रहेका ठूला ठूला मेडिकल स्टोरहरुमा कहिलै छापामारी अनुगमन गर्दैनन् ।

 

तर, साना साना पसलमा अनुगमनको नाममा रकम असुली धन्दा चलाउने गरेको पाईन्छ । कुनै ठूलो मेडिकल स्टोर बिरुद्द कसैले बिभागमा उजुरी दिए पछि यिनीहरू अनुगमन त जान्छन तर जानु अघि खबर गरेर । यिनको खबर अनुसार जसको मेडिकलको सबै कागजात दुरुस्त छ, औषधीहरू दुरुस्त छ, त्यसले मात्रै मेडिकल खोलेका हुन्छन् । जसको दुरुस्त छैन्, उनको अनुगमनको समयमा ती मेडिकल बन्द हुन्छन् । तर, साना औषधी ब्यवसायी मात्र पर्छन्, यिनको जालोमा किनकि त्यसलाई अनुगमन बारे कसैले खबर नै गर्दैनन् । 


केही समय अघि रौतहटको कटहरिया बजारमा पनि एउटा सानो औषधी पसलमा यिनको टोली छापा मार्न जाँदा ठूलो बबाल भएको हो । औषधी ब्यवस्था बिभाग क्षेत्रीय कार्यालय वीरगंजको कार्यक्षेत्र अन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा मूल राजमार्गमा ठूला ठूला मेडिकल स्टोर संचालनमा रहेको छ तर यिनीहरु त्यहाँ अनुगमन गर्न कहिल्यै जाँदैनन् ।


अनुगमनमा सहभागी औषधी ब्यवस्था बिभाग क्षेत्रीय कार्यालय बिरगञ्जका सूचना अधिकारी ओम जैसवालले गृह मन्त्रालयमार्फत आएको उजुरीको आधारमा राजापुरस्थित औषधी पसल अनुगमनमा गएको बताए । स्थानीय महिलाहरुले गाउँमा सेवा दिँदैआएको मेडिकल बन्द गर्न दिदैनौं भन्दै अनुगमन टोली माथि हातपात गरेको स्वीकारेका छन् ।


बिगतमा बिभागको हाकिम कर्मचारीले कुन औषधी व्यवसायीसँग सेटिङ गरेको थियो थाहा भएन तर अहिले त्यो आरोप गलत भएको न्युज कारखानालाई प्रतिक्रिया दिएका छन् ।
 

 

प्रतिकृया दिनुहोस