• बुधबार-जेठ-७-२०८२

एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य

 

काठमाडौं, ७ जेठ । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । 

 

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


साथै, आज चाँदीको मूल्यमा पनि थोरै बृद्धि भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 

प्रतिकृया दिनुहोस