• बिहीबार-जेठ-८-२०८२

‘कर्तव्यपथ’ तालिम सुरु : राष्ट्रप्रेम, नेतृत्व र अनुशासनका पाठ सिक्दै राजधानीका युवा

युवालाई राष्ट्रप्रेम र अनुशासनमा बाँच्न सिकाउने अभियान


काठमाडौं। राजधानीको बसुन्धरास्थित South Western School of Management and Technology मा बुधबारदेखि सात दिने विशेष तालिम—‘कर्तव्यपथ’ सुरु भएको छ। नाम सुन्दा झट्ट सैन्य अभ्यास लागे पनि यो तालिम युवाहरूमा राष्ट्रप्रेम, अनुशासन, नैतिकता र कूटनीतिक नेतृत्वको चेतना जगाउने soft power अभियान हो।

ईगल थिंक ट्याङ्कको सहकार्यमा South Western School र University of Three Generations को संयुक्त आयोजनामा सुरु भएको तालिमले ‘देश बनाउने सपना’ देख्ने युवालाई व्यवहारिक तयारी गराउने दाबी गरिएको छ। यो तालिमलाई आयोजकहरूले ‘एक राष्ट्रिय अभियानको थालनी’ भनेका छन्।

 

 कर्तव्य बोधदेखि कूटनीति सम्म


यस सात दिने तालिममा सहभागी ४० जना विद्यार्थीहरूलाई सुरक्षा, नैतिक नेतृत्व, अन्तर्राष्ट्रिय कूटनीति र आत्मरक्षा सम्बन्धी सीपहरू दिइँदैछ। सहभागीहरू BBA र BHM अध्ययरत विद्यार्थी हुन्।

 

तालिमका प्रशिक्षकहरू नेपाल सेनाका पूर्व उच्च अधिकृत, कूटनीतिज्ञ, प्राध्यापक र शान्ति मिसनका अनुभवी विशेषज्ञहरू हुनेछन्। तालिमका संयोजक ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक (अवकाशप्राप्त ब्रिगेडियर जनरल) रामचन्द्र खत्रीका अनुसार, “यो केवल तालिम होइन, युवालाई राष्ट्रप्रेम र अनुशासनमा बाँच्न सिकाउने अभियान हो।”

🔍 चार पिलरमा टिकेको तालिम
१. सुरक्षा सचेतना — शारीरिक तन्दुरुस्ती, जीवन रक्षा सीप, राष्ट्रिय सुरक्षा प्रणालीबारे जानकारी।


२. नैतिक नेतृत्व — जिम्मेवार नागरिक बन्ने बाटो, नैतिक निर्णय क्षमता र टिम नेतृत्व।


३. कूटनीति र UN मिशन — शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्बाद, कूटनीतिक मर्यादा।


४. साहसिक अभ्यास — सहनशीलता, संकट व्यवस्थापन र साहसिक कार्यमा प्रशिक्षण।

🧭 कर्तव्य बोध र मातृभूमिप्रतिको जिम्मेवारी


देशमा बढ्दो ब्रेन ड्रेन र युवाहरूको विदेश मोहका बीच, यस्तो तालिमले ‘देशमै केही गर्न सकिन्छ’ भन्ने विश्वास जगाउने आयोजकहरूको भनाइ छ। यो कार्यक्रम विदेश पलायनको विकल्प खोज्न एक सकारात्मक अभ्यास पनि हो।

🎓 शून्य शुल्क, शतप्रतिशत योगदान


तालिम पूर्ण रूपमा निःशुल्क छ। प्रशिक्षकहरूले स्वेच्छिक रूपमा प्रशिक्षण दिइरहेका छन्। सहभागीहरूलाई प्रमाणपत्र पनि दिइनेछ, जसले उनीहरूको CV मा विशेष मूल्य थप्नेछ।

तालिम अवधिमा Eagle Eye Online Quiz Contest पनि हुनेछ। विजेताहरूलाई पुरस्कार दिइनेछ र इच्छुक प्रायोजकहरूले सो अवसरमा योगदान गर्न सक्नेछन्।

🏛 दृष्टिकोण: युवालाई नेतृत्वमा डो¥याउने प्रयास


कार्यक्रमको उद्घाटनमा बोल्दै युनिभर्सिटी अफ थ्री जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र केसीले भने, “यस तालिमले विद्यार्थीहरूमा अनुशासन, समय व्यवस्थापन र टिम वर्कको सशक्त पाठ सिकाउनेछ।”

कलेजका प्राचार्य इन्जिनियर दीपक धामीले तालिमले युवाको चातुर्फिक विकास मा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

📍 तालिम मात्र होइन, अवलोकन भ्रमण पनि


तालिमलाई थप प्रभावकारी बनाउन सहभागीहरूलाई नेपाली सेनाको खरिपाटी स्थित तालिम केन्द्र, गरुड सेक्युरिटी (महाराजगञ्ज) र अल्टिमेट भेन्यु नेपाल (कपन) को अवलोकन गराइनेछ।

🔚 निष्कर्ष : ‘कर्तव्यपथ’ बाट राष्ट्र निर्माणको बाटो


कर्तव्यपथ तालिमले राष्ट्र निर्माणमा युवाहरूको भूमिका मजबुत बनाउने लक्ष्य राखेको छ। यो तालिमले शारीरिक, मानसिक, नैतिक र बौद्धिक क्षमताको एकैपटक विकास गर्ने दाबी गर्दै, युवालाई मुलुकमै केही गरौँ भन्ने सोचमा उभ्याउने प्रयास गरेको छ।

(तपाईं विद्यार्थी हुनुहुन्छ? देशको लागि केही गर्न चाहनुहुन्छ? भने ‘कर्तव्यपथ’ जस्तै तालिमले तपाईंको सोचलाई दिशा दिन सक्छ।)

प्रतिकृया दिनुहोस