मुम्बई, ८ जेठ । बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ ।
यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सूचीमा समावेश भइसकेको छ ।
पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र निर्देशक अमित राईले ओएजी-३ का लागि प्रि प्रोडेक्सनको काम सुरु गरिसकेका छन् । राईले ओएमजी को तेस्रो किस्ताको बारेमा छलफल गर्न ‘भूत बंगला’ को अन्तिम चरणमा अक्षय कुमारलाइ भेटन केरला गएको बताइएको छ ।
रिपोर्टका अनुसार अमित राईसँग आगामी फिल्मको लागि धेरै विचारहरूमा रहेका छन् र उनले अक्षय कुमारसँग रहँदा सबै प्लट पोइन्टहरू छलफल गरेका छन । ‘दुईले सबै विचारहरूमा मन्थन गरे र ओएजीले लिन सकिने सम्भावित नयाँ मार्गहरूबारे पनि छलफल गरेका छन् । सबैभन्दा मनपर्ने फ्रेन्चाइजी जारी राख्ने र ओएजीलाई तेस्रो भागमा लैजाने उद्देश्य हो’ रिपोर्टमा भनिएको छ ।
निर्माताहरूले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको बुझेका छन्, त्यसैले, उनीहरूलाई ओएमजी-३ को नयाँ प्रक्रियामा जान मञ्जुर भएका छन । तिनीहरूले छिट्टै स्क्रिप्टमा काम सुरु गर्ने अपेक्षा गरिएको छ र यदि सबै ठीक भयो भने, फिल्म २०२७ को दोस्रो हाफमा थियटरमा लैजानेछन् ।
यसैबीच, अक्षयका धेरै फिल्म रिलिजको तयारी अवस्थामा छन् । उनी अब हाउसफुल : ५ मा देखिनेछन्, जुन यो वर्ष जुन ५ मा ठूलो पर्दामा आउने तय भइसकेको भने यसपछि उनीसँग यस वर्ष सेप्टेम्बरमा जोली एलएलबी-३, भूत बंगला (अप्रिल २०२६) र वेलकम-३ (२०२६)मा आउँदै छन् ।
उनले यस वर्ष जुन २७ मा रिलिज हुने प्यान इन्डिया चलचित्र ‘कन्नप्पा’ मा पनि केमियो भूमिकामा देखिँदैछन् ।
प्रतिकृया दिनुहोस