• बिहीबार-जेठ-८-२०८२

अर्थात जेमन्त : शरदराज गौतम

 

‘ह्याप्पी आवर’ भनिन्छ यसलाई वार, पव र दारु अड्डाहरुमा ।
कुवेलामा पिउन उक्साउन बनाइएको समय हो यो ।
 ह्याप्पी आवरमा एक खानुस अर्को गिलास सित्तै हुन्छ, फ्री ।
ह्याप्पी आवरको उपयोग ती उरेन्ठाउलाहरु ज्यादै गर्दछन्
जसलाई थोरै समयमा भ्mयाप हुन परेको हुन्छ । 
दारु अड्डाहरुको ह्याप्पी आवरको प्रचलनको देखासिकी गरेर नै होला 
मुलुकमा यतिखेर बिजुली बत्तीको भ्mयाप भ्mयापी ह्याप्पी आवर छ ।
कुलमान गए पछिको हितेन्द्र शाक्यको ह्याप्पी आवर ।
ह्याप्पी आवरमा गएको बत्तीलाई लिएर गनगन गर्नेहरु
सबका सब पुनुरत्थानवादि हुन, हैन भने तिनका मतियार ।
यस्तोमा, मुलुकका सरकार प्रमुखसित पैंठाजोरी खोज्नु भनेको
गोबरमा सु गर्नु जत्तिकै हो ।
छिंटा अरुलाई होइन, गोबरमा राजद्रोह गर्नेलाई पर्दछ ।
नेपालको बिजुली बत्तीसित  देशका प्रधानमन्त्री जोडिनु हुन्न ।
न त कुलमानलाई नै सर्वस्वहरण गरिनु पर्दछ, म मान्छु ।
तर, हुरीबतास त दिनहुँ जान्छ त हौ, म के गरम् ।
तिम्रो जिब्रोतिर पनि हुरीबतास जानु नि ।
सरकार प्रमुखको मुख तित्राको बैरी हो ।
कराउंदै भ्mयाप्प छोप्दै ।
यै मेसोमा मुलुक बिनासित्ती अँधेरो बेहोर्न पुग्छ ।
कहिलेकांही मलाई लाग्दछ,
कालापत्थरबाट देखिने सगरमाथाको शिर 
धमिलो नपारी दिए हुने ।
सगरमाथा सम्बाद भनेर ।
सगरमाथाको शिर पनि धमिलो पारि दिए ।
बिनासित्तीको तयारी र बिनासित्तीको सोचमा ।
मुलुकले बिनासित्ती अर्काकी जहानको बुहार्तन बेहोर्नु परेको छ ।
सरकार सञ्चालन विधिमा प्रधानमन्त्री जोड्नु पनि बेतुका हो ।
त्यसै पनि सरकार सञ्चालन विधि
 किशोरीले फरिया ला जस्तो छ ।
तल छोप्यो, माथि ह्वा¨ै  ।
माथि छोप्यो तल ह्वा¨ै ।
न छोप्यो पुरै ह्वा¨ै । ।
भुइँ यथार्थ के हो भने, सरकार सञ्चालन गर्नु भनेको
एकाध दर्जन भतुवा कर्मचारी वरिपरि 
लाएर चेक बुभ्mनु मात्रै हुँदै होइन ।
एकआध सुरक्षा संयत्रसंग सम्बन्धित अड्डा बाहेक
सबका सब प्रशासन तन्त्र ठप्प छ , डिफक्न्ट ।
कसैलाई पत्तो छ, एक कक्षामा उक्लिएको नानी
न स्कुलको अनुहार देख्दछ, न किताबको ।
र, यसैलाई समृद्ध नेपाल र सुखी नेपाली भनिएको छ ।
यस्तोमा काठमाण्डौं केन्द्रित मोबाइलको प्mल्यास लाइटमा
सरकारी संयत्रका कुने मानिस बकब्ाँस बान्ता गर्दछ भने
बुभ्mदा हुन्छ, मुलुकमा सरकार सार्वभौम नै छैन ।
सबभन्दा दुर्दान्त के हो भने 
एउटा भुइँ मान्छेसम्म पनि सरकारलाई ओन्ड गर्दैन
स्वामित्व ग्रहण गर्दैन ।
आप्mनो पट्टिको मान्न तयार छैन ।
हुक्के, ढोके र कोपरे वरिपरि रहेर सत्ता सञ्चालन गर्दा
कसैलाई लाग्दो हो, मुलुकसित समृद्धि साटिन्छ भने
भो, किन बित्थामा बिजुली बत्ती नबलेको गुनासो गर्नु ।
अँधेरोमा व्यभिचार सजिलो हुन्छ ।
अँधेरो रहन दिउँ, बरु । 
मुलुकको अँधेरो सगरमाथा सम्बादको निचोडसित साटौं ।
भातमाराको देश लेखौं, बरु ।
भो सरकार प्रमुखसित पौंठेजोरी खेलेर
गोबरको छिंटा न उछिट्याउँ ।
मुलुकको यो,
कुबेलामा एउटा पिउँदा अर्को सित्तै पाइने
ह्याप्पी आवर हो ।
ग्याम्बे गर्दा बटम अपको नेपाली रुपान्तरण
‘चाक माथि’ ।
(साँघु साप्ताहिक, २०८२ जेठ ५)
 

प्रतिकृया दिनुहोस