• शुक्रबार-जेठ-९-२०८२

चट्याङ लागेर एक महिलाको मृ त्यु

 

जुम्ला, ८ जेठ : चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ ।

 

आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो । 


मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न जानुभएको थियो । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ । 
---

 

 

 

प्रतिकृया दिनुहोस