• आइतबार-असार-१-२०८२

आईपीएल : लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

 

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ । 

 

बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो । 

 

जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो । घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो । 

 

पराजयका बाबजुद गुजरात १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ ।

 

लखनउ १२ अङ्कसहित छैटौँ स्थानमा छ । गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ । दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ ।
 

 

प्रतिकृया दिनुहोस