• आइतबार-असार-१-२०८२

मोटरसाइकल दुर्घटनामा युवकको मृ त्यु

 

मलेखु (धादिङ), ३१ जेठः धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।


हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो । 


मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पु¥याइएको थियो । “दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भन्नुभयो ।
---

प्रतिकृया दिनुहोस