• आइतबार-जेठ-२५-२०८२

सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने 

 

सुर्खेत । रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ । 

 

विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमान्स्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए । 

 

विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो । ‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो’ विमानस्थल प्रमूख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसंगै शनिबारबार जहाज नियमित गरिने छ ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए । 

 

मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरुलाई भनेको बताए । ‘विमानस्थलमुनि पूरै पानी छ भन्ने आशंका प्राविधिकहरुको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नु पर्ने जरुरी भएको छ ।’ 

 

 

प्रतिकृया दिनुहोस