इस्लामबाद, १० जेठ । भारतका चर्चित फिल्मी स्टारका पैतृक घरहरू जुन अहिले पनि पाकिस्तानमा रहेको छ ।
यी घरहरू भारतीय चलचित्र उद्योगका महान व्यक्तित्व, दिलीप कुमार र राज कपूरको पुर्खाको निवास भए पनि पाकिस्तानले अहिलेसम्म यी घरहरूको संरक्षण र संरक्षण गर्न कुनै कदम चालेको छैन । यी भवनहरू आज पनि पाकिस्तानको माटोमा भारतको पहिचान बनेका छन् र तिनीहरूको मूल्य करोडौं अनुमान गरिएको छ। तर, अहिले भने ती घर क्रमशः जिर्ण हुदैँ गएका छन् ।
पेशावरको किस्सा खवानी बजारमा रहेको राज कपूरको पुर्खाको हवेलीलाई ‘कपूर हवेली’ भनिन्छ । यो हवेली सन् १९१८ र १९२२ को बीचमा उनका हजुरबुवा दिवान बशेश्वरनाथ कपूरले बनाएका थिए । भारत पाकिस्तान विभाजन अघि यो हवेली राज कपूर र उनको परिवारको लागि एक महत्वपूर्ण बसोबासको स्थान रहेको थियो ।
तर, विभाजनपछि यो सम्बन्ध टुट्यो र कपूर परिवार पाकिस्तान छाडेर भारत आएर नयाँ जीवनको सुरुवात गर्न सुरू गरे । राज कपूरका छोरा ऋषि कपूरको यस हवेलीसँग गहिरो सम्बन्ध थियो । सन २०१७ मा ऋषि कपूरले ट्वीट गरेका थिए कि उनी मर्नु अघि एक पटक पेशावर गएर आफ्नो पुर्ख्यौली घर हेर्न चाहन्छन् र आफ्ना छोराछोरीले आफ्नो पुृर्ख्यौली स्थल महसुस गरून् भन्ने चाहन्छन् ।
सन २०१६ मा यो हवेलीलाई पाकिस्तान सरकारले राष्ट्रिय सम्पदासमेत घोषणा गरेको थियो तर यसको संरक्षण र हेरचाहको लागि कुनै ठोस कदम चालिएको थिएन । केही समय अघि पाकिस्तान सरकारले यस हवेलीलाई सङ्ग्रहालय बनाउने प्रस्ताव राखे पनि हवेलीका हालका मालिक हाजी मोहम्मद इसरारसँग सम्झौता हुन भने सकेन किनभने हाजी इसरार यसलाई सपिङ कम्प्लेक्समा परिणत गर्न चाहन्थे ।
कपूर फ्यामिलीको हवेलीको अनुमानित मूल्य पाँच करोड भारतीय रूपैयाँ भन्दा बढी रहेको बताइए पनि हालसम्म कुनै सुधार हुन सकेको छैन् । जिर्ण अवस्थामा रहेको छ ।
खासमा ४० कोठा भएको राज कपूरको हवेली सन् १९१८ देखि १९२१ को बीचमा बनेको थियो। यो हवेली पाँच तलाको थियो तर भूकम्पका कारण चर्किएका कारण यसको माथिल्लो तीन तला भत्किएको थियो ।हवेलीका वर्तमान मालिक हाजी इसरार शाहले आफ्नो बुवाले सन् १९८० को दशकमा हवेली किनेको बताएका छन । सन् १९९० मा रणधीर कपूर र ऋषि कपूर यस पैतृक घरमासमेत गएका थिए र फर्कने क्रममा उनीहरूले आफ्नो विरासतलाई सदाका लागि सम्झनका लागि माटो साथमा लिएर मुम्बई फर्केका थिए ।
उता, दिलीप कुमारको पनि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एउटा पैतृक घर छ, जुन अहिले नाजुक अवस्थामा रहेको छ। दिलीप कुमारको जन्म पेशावरमा भएको थियो र उनको बाल्यकाल त्यही घरमा बितेको थियो । हुरी र झरीका कारण यो घरमा यतिखेर नराम्ररी क्षति भएको छ ।
र, पाकिस्तान सरकारले यो घरको सुरक्षाको लागि एक पैसा पनि खर्च गरेको थिएन तर २०१४ मा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले यसलाई राष्ट्रिय सम्पदा स्मारक घोषणा गरेका थिए तर यसको मर्मत गर्न कुनै कदम चालिएको छैन । सन् १८८० मा बनेको यो घरको सुरक्षामा धेरै खर्च नगरेको पनि दिलीप कुमार आफैले बताएका थिए । यो घर हेर्न जाँदाको दृष्य देखेर निकै भावुक बनेको पनि उनले जनाए ।
राज कपूरको हवेलीको मूल्य करिब ५ करोड तथा दिलीप कुमारको घरको मूल्य ७.२ करोड रहेको बताइएको छ । दिलीप कुमारले आफ्नो पैतृक घरको बारेमा भनेका थिए कि त्यहाँ उनको बाल्यकालका धेरै सम्झनाहरू छन् । उनले एक पटक ट्वीट पनि गरेका थिए कि उनी आफ्नो आमाले चिया बनाएर खुवाएको घरमा आफ्नो परिवारसँग हाँस्ने र ठट्टा गर्ने गर्थे र परिवारका अन्य सदस्यहरूसँग रमाइलोसँग समय बिताउने गर्थे ।
प्रतिकृया दिनुहोस