• शनिबार-जेठ-१७-२०८२

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने


काठमाडौं । सरकारले  डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । 


बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए । 


उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’


यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस