• शुक्रबार-जेठ-१६-२०८२

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिँदैन्  ः सांसद वाग्ले

 

काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् । 


बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए । उनले भने,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन् । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ  । तर यो पनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन् । अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस