भैरहवा, जेठ १६ – भारतबाट नेपालतर्फ भन्सार छलि चोरी पैठारी गरिएका लत्ताकपडा, खाद्य सामग्री, पेय पदार्थ तथा कुखुराको मासु लगायत अन्दाजी ८ लाख ४३ हजार ९३० रुपैयाँ बराबरका सामानहरू जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी टोलीहरूले नियन्त्रणमा लिएका छन्। बरामद गरिएका ती सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय बेलहियामा बुझाइएको छ।
प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा निम्न विवरणअनुसार सामानहरू बरामद गरेका हुन्:
१. सिद्धार्थनगर नगरपालिका वडा नं. ६ र ८ बाट:
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले लु १ ह १२३ नम्बरको अटो रिक्सा प्रयोग गरी ल्याइएका लेडिज कुर्ता ५२ थान, टप्स ९२ थान, पछ्यौरा ४५ थान, बलाउज कपडा १८४ मिटर, कोट–पाइन्ट कपडा १२७ मिटर र साडी ५ थानसहित अन्दाजी रु. ३,७४,४८० बराबरको कपडा नियन्त्रणमा लिएको छ।
२. रोहिणी गाउँपालिका वडा नं. २ र ३ बाट:
इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले UP 56 L 9302 नम्बरको मोटरसाइकलमार्फत ल्याइएका चिनि १० बोरा र ५०० मि.लि.को ७९ पोका खाने तेलसहित अन्दाजी रु. १,३७,११० बराबरका सामग्री बरामद गरेको छ।
३. ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरबाट:
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले UP 56 W 2204 नम्बरको मोटरसाइकलबाट ल्याइएको करिब ५० किलो बोइलर कुखुराको मासु बरामद गरेको छ, जसको अनुमानित मूल्य रु. ७०,००० रहेको छ।
४. सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट:
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले लेडिज कटसेट ५ थान, टप्स २४० थान, सर्ट कपडा १०० मिटर, कम्मर बेल्ट ८७ थान र नम्बर प्लेट नभएको मोटरसाइकलसहित रु. २,३४,२५० बराबरको कपडा नियन्त्रणमा लिएको छ।
५. रोहिणी गाउँपालिका वडा नं. ७ लख्नौतियाबाट:
प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले २५० मि.लि.को १११ पिस कोक र २ लिटरका ७ पिस पेय पदार्थ बरामद गरेको छ, जसको मूल्य रु. ५,८४० रहेको छ।
६. लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट:
प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले अन्दाजी रु. १५,२५० बराबरको किराना सामान बरामद गरेको छ।
७. लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ आमी गाउँबाट:
प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको टोलीले करिब २० किलो बोइलर कुखुरा बरामद गरेको छ, जसको अनुमानित मूल्य रु. ७,००० रहेको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै सामानहरू सम्बन्धित निकायमा बुझाइसकिएको छ र थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रतिकृया दिनुहोस