बैतडी, १७ जेठ : बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको भीरबाट लडेर मृत्यु भएको होभने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ क १८१३ नम्बरको मिनी टाटाले बाटोमा हिँडिरहेनुभएका विष्टलाई ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
–––
प्रतिकृया दिनुहोस