खोटाङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन् ।
कोइरालाले नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पारे । संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत बताए ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन् गर्नुहुँदै कोइरालाले हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
प्रतिकृया दिनुहोस