• सोमबार-जेठ-१९-२०८२

राजतन्त्रवादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै


काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजतन्त्रवादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् । 

 

आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दूवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । 

 

राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् । 

 

 


 

प्रतिकृया दिनुहोस