• सोमबार-जेठ-१९-२०८२

चार दिनदेखि बेलबारीका चार किशोरी बेपत्ता


बेलबारी (मोरङ), १८ जेठ : मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना किशोरी बेपत्ता भएका छन् । 

 

बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । 

 

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता किशोरीहरूको खोजी जारी रहेको जानकारी दिनुभयो । 
–––

 

प्रतिकृया दिनुहोस