• बिहीबार-जेठ-२२-२०८२

नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी

 

काठमाडौँ, २० जेठ : काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उहाँलाई निलम्बन गर्नुभएको हो ।

 
पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो ।
  

जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस