• शुक्रबार-जेठ-२३-२०८२

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, संस्करण ४ आरम्भ


काठमाडौं । महालक्ष्मी  विकास बैंकले ३१ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, सस्ंकरण ४ बुधबार देखी आरम्भ भएको छ ।


हरेक वर्ष झैं यस वर्ष पनि बैंकको वार्षिकोत्सवको अवसरमा क्रिकेट लिग गर्न लागेको हो । बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहको उक्त क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको छ ।


चार दिन सम्म चल्ने लिगमा कुल ३९ खेलहरु र २४० जना खेलाडीहरुको सहभागिता रहने छ । महालक्ष्मी क्रिकेट लिगमा ९ वाणिज्य बैंकहरु, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी, र २ मर्चेन्ट बैंकको उत्साहपूूर्ण सहभागिता रहने छ ।


बैंकले बुधबार आयोजना गरेको समउ्दघाटन कार्यक्रममा महालक्ष्मी विकास बैंकको संचालक समितिका अध्यक्षले म्याच अफिसियलहरुलाई बल र ब्याट हस्तान्तरण गरी लिगको आरम्भ गरेका थिए ।
 

प्रतिकृया दिनुहोस