• शनिबार-जेठ-२४-२०८२

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

 

काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो । आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन् ।

 

यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् । 

 

फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यस बर्षबाट उचाईको मापदण्ड हटाइएको जानकारी दिइन् । उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन् ।

 

यसपटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन् । पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए । उनीहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाएका थिए ।

 

 

प्रतिकृया दिनुहोस