• शनिबार-जेठ-२४-२०८२

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र हङ्कङबीचको खेल बराबरी

 

काठमाडौँ, २२ जेठ । नेपाल र हङ्कङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्  । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।  

 

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् । 
–––

 

प्रतिकृया दिनुहोस