काठमाडौं । जेठ २४ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कडा निर्णयले नेपालमा अमेरिकी सहायता कार्यक्रमहरू ठप्प पारिएको छ।
युएसएड (USAID) का नाममा नेपालमा दशकौँदेखि सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससम्बन्धी कार्यक्रमहरू धर्म परिवर्तन र राजनीतिक खेलमा प्रयोग भएको ठहर गर्दै ट्रम्प प्रशासनले ती कार्यक्रमहरू बन्द गरिदिएको हो।
यसको सीधा असर चोभारस्थित सुख्खा बन्दरगाहमा देखिएको छ, जहाँ युएसएडद्वारा प्रयोगमा ल्याइएका सयौं गाडी, मोटरसाइकल, र उपकरणहरू प्रयोगविहीन अवस्थामा थन्किएका छन्।
ट्रम्प प्रशासनले कार्यक्रम बन्द गर्दा दिएको बयान अनुसार, "अमेरिकी करदाताको पैसा नेपालमा धर्म परिवर्तन, राजनीतिक हस्तक्षेप र स्वार्थी उद्देश्यका लागि दुरुपयोग भएको पाइएको" बताइएको छ।
यो निर्णयसँगै नेपालमा अमेरिकी सहयोगको प्रमुख आधार मानिने युएसएडका दर्जनौं परियोजनाहरू अकस्मात् रोकिएका छन्। धेरै कार्यक्रमहरू शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणसँग जोडिएका भए पनि धार्मिक एजेन्डामा आधारित गतिविधिले युएसएडको विश्वसनीयतामा धक्का पुगेको ट्रम्प पक्षको दाबी छ।
प्रतिकृया दिनुहोस