• सोमबार-जेठ-२६-२०८२

अक्षयको हाउसफूल - ५ ले बक्स अफिसमा मच्चायो तहल्का

 

मुम्बई, २६ जेठ । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ ।

 

भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूल-५ को गति रोकिने संकेत देखिएको छैन । निर्माताहरुका अनुसार फिल्मले शनिबार ३२.३८ करोड कमाएको छ । जहाँ पहिलो दिन अर्थात शुक्रबार २४ करोड ३५ लाखको कारोबार भएको थियो । यस्तो अवस्थामा यो फिल्मले तेस्रो दिन २५.२५ करोड कमाएको छ । त्यसैले सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ दिनमा करिब ८० करोड कलेक्सन गरिसकेको छ ।

 

उता, चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसैबीच अक्षय कुमार पनि मास्क लगाएर सर्वसाधारणको बीचमा पुगेका थिए । यस क्रममा उनी आफै थिएटर बाहिर उभिएर दर्शकले फिल्मलाई कस्तो मन पराए भन्ने जान्न खोजेका थिए ।

 

जब शो समाप्त भयो र मानिसहरू थिएटरबाट बाहिर आए, अक्षयले उनीहरूलाई फिल्मको समीक्षाको लागि सोधे । चाखलाग्दो कुरा यो थियो कि मास्कका कारण उनलाई कसैले पनि चिन्न सकेनन् तर दर्शकको प्रतिक्रियाले उनी उत्साहित भने देखिएका छन् ।

 

अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख बाहेक करिब एक दर्जन स्टारको अभिनय रहेको फिल्म ‘हाउसफुल ५’ शुक्रबार रिलिज भएको हो । यो फिल्मको २ घण्टा ४५ मिनेट लामो छ । अधिकांस मिडियाले भने यो फिल्मलाई ५ मध्ये ३.५ स्टारसमेत दिएका छन् ।

 

कमेडीले भरिपूर्ण रहने हाउसफूलको यो फ्रेन्चाइजीलाई पनि दर्शकहरूले अत्याधिक माया गरिरहेका छन् ।
 

 

प्रतिकृया दिनुहोस