• मंगलबार-जेठ-२७-२०८२

चरिकोटमै मिर्गौला डायलासिस सेवा सुरु


चरीकोट (दोलखा), २६ जेठ : चरिकोटस्थित पशुपति चौलागाई अस्पतालमा मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । 

 

दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकलगायतका जिल्लाका बिरामीलाई उपचार सेवामा सहजता  प्रदान गर्ने उद्देश्यले अस्पतालले डायलासिस सेवा सञ्चालनमा  ल्याएको अस्पतालका सञ्चालक समिति अध्यक्ष सुवास रिमालले जानकारी दिनुभयो । 

 

५० श्यया क्षमताको सो अस्पतालले गत शुक्रबारदेखि मिर्गाैला डायलासिस सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालको सम्पर्कमा १२५ जना मिर्गौला डायलासिस गर्नुपर्ने बिरामी रहेको र उनीहरुले यहीँबाट डायलासिस गराउने अस्पतालले जनाएको छ । बिरामीले प्रत्येकपटक रु दुई हजार ८०० तिर्नुपर्ने जनाइएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस