काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ । २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
२४२ यात्रुसहितको जहाज उडान भरेको दुई मिनेटमै दु र्घ ट ना ग्र स्त, राहत र उद्धार कार्य जारी
बोइङ ७८७ ड्रीमलाइनरको इतिहास र सुरक्षा चिन्ता
अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस