• आइतबार-असार-१-२०८२

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु

 

काँक्रेविहार (सुर्खेत), १ असार : जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

 

रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड –७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो ।

 

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिनुभयो । ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
–––

 

 

प्रतिकृया दिनुहोस