• सोमबार-असार-२-२०८२

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

 

काठमाडौँ, १ असार : राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्नुहुँदै उहाँले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताउनुभयो ।

 

“दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भन्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ । ---

 

 

प्रतिकृया दिनुहोस