काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहीन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन् ।
उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको छ ।
यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथिको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राति पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहोस